FAQs Complain Problems

मुख्य समाचार

गुर्भाकोट नगरपालिकाको वेवसाइटमा तपाईहरुलाई स्वागत छ ।

गुर्भाकोट नगरपालिकाको नक्शा

कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट ग‌ंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स. थप  गरी २०७३ फागुन २७ गुर्भाकोट नगरपालिका घाेषणा भएकाे हाे । जसकाे अक्षांश २८ ३३, उत्तर देखि २८५३, सम्म र देशान्तर ८१८१पुर्व सम्म फैलाएकाे छ । यस नगरपालिकाकाे २०७८ सालकाे राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या ४८ हजार २ सय १६ जना रहेकाेमा पुरुष २२ हजार १ सय ८३ र महिला २६ हजार ३३ जना रहेका छन भने क्षेत्रफल २२८।६० वर्ग कि.मी रहेकाे छ । यस क्षेत्रमा व्यापार, उद्याेग, पर्यटन, व्यवसायिक कृषि पशुपालन माध्यमबाट यस क्षेत्रका मानिसहरुकाे जिविकाेपार्जन भएकाे देखिन्छ । यस नगरपालिकामा सवै प्रकारका जातजातीहरुकाे मिश्रित प्रकारकाे बसाेवास रहेकाे देखिन्छ । विशेष गरी ब्राहमण, क्षेत्री, मगर, राजी तथा दलितहरुकाे उच्च बसाेबास रहेकाे छ । यस क्षेत्रमा मगरहरुकाे उल्लेखनिय बसाेबास रहेका पाइन्छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाइ मातृभाषाकाे रुपमा प्रयाेग गरेकाे पाइन्छ भने मगर भााषाकाे पनि प्रचलन रहेकाे छ । यस क्षेत्रमा खेतीयाेग्य जमिन भए पनि सिचाइकाे अभाव, तथा उच्च आधुनिक प्रविधिकाे अभावमा यहाँका मानिसहरु जिविकाेपार्जनका लागि व्यवसाय, कृषि, पशुपालन, ज्याला मजदुरीका अतिरिक्त अन्य बैकल्पिक राेजगारीका अवसरहरु खाेजिरहेकाे पाइन्छ । नगरपालिकाकाे नाम गुर्भाकाेट नामाकरण गर्नुमा यस क्षेत्रकाे एेतिहासिक बाइसे राज्यकाे रुपमा रहेकाे गुर्भाकाेट हाे ।  प्रारम्भमा सल्यान जिल्ला रहेपनि याे क्षेत्र २०१८ सालकाे १४ अंचल ७५ जिल्ला विभाजन पछि सुर्खेत जिल्लामा गाभिन पुगेकाे हाे । यस नगरपालिकाको उत्तर पुर्वमा सिम्ता गाउँपालिका, पूर्व-दक्षिण सल्यान जिल्ला, पश्चिममा भेरी गंगा नगरपालिका र पश्चिम-उत्तरमा लेखवेशी नगरपालिकाकाे विचमा गुर्भाकाेट नगरपालिका रहकाे छ ।

गुर्भाकोट नगरपालिकाको वडा संरचना तथा जनसंख्या विवरण:                                                                                                        

जन प्रतिनिधि