मुख्य समाचार
कवाडी कर उठाउने सम्बन्धि प्रस्तावन आह्वान गरिएको सूचना
यस गुर्भाकोट नगरपालिका क्षेत्र भित्र सङ्कलन हुने कवाडी मालसामानमा लाग्ने कवाडी कर संकलन सम्बन्धि ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले इच्छुक फर्म/कम्पनी/व्यवसायीले शुल्क संकलनका लागि सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस कार्यालयमा तपसिल अनुसारको शर्तको अधिनमा रही सिलबन्धी दरभाउ पेश गर्नुहन यो सूचना प्रकाशित गरिएको छ ।
सि.नं.
दरभाउपत्र नं.
कार्यविवरण
न्युनतम ठेक्का रकम मु.अ.क. बाहेक
दरभाउ दस्तर
धरौटी रकम
१
२
यस नगरपालिका क्षेत्रभित्र कवाडी सामान उठाउने सम्बन्धी ठेक्का
१,३०,०००(एक लाख तीस हजार)
रु १०००
कबोल अंकको ५ प्रतिशत
ठेक्का सम्बन्धी शर्तः
१. आफुले लिन चाहेको ठेक्का र कबुल गरेको रकम स्पस्ट बुझिने मु आ कर अक्षरमा खुलाई सहि छाप गरी आफैँ वा आफ्नो प्रतिनिधीद्वारा प्रस्ताव पत्र पेशु गर्नुपर्दछ ।
२. उल्लेखित ठेक्काको कर दस्तुर दररेट नगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम हुनेछ ।
३. म्याद नाघी वा रित नपुगी प्राप्त भएको प्रस्ताव पत्र उपर कारबाही हुने छैन ।
४. प्रस्तावना पत्र स्वीकृत भई आशय पत्र प्रकाशन भएको मितिले ७ सात दिन भित्र कबोल गरेको रकम एकमुष्ट रुपमा जम्मा गरी सक्कल भौचर लिई कार्यालयमा आउनुपर्नेछ । भ्याट रकम नियमानुसार दाखिला गर्नुपर्नेछ ।
५. प्रस्ताव खोल्ने समयमा प्रस्तावदाता स्वयम् वा निजको प्रतिनिधी उपस्थित नभएमा पनि प्रस्तावपत्र खोल्न बाँधा पुग्ने छैन ।
६. प्रस्ताव दाखिला गर्ने अन्तिम मिति २०८१।०५।१३ गते दिनको ५ः०० बजे सम्म हुनेछ ।
७. प्रस्ताव मिति २०८१।०५।१४ गते दिनको २ः०० बजे खोलिनेछ । प्रस्ताब स्वीकृत गर्दा अधिकतम मूल्याङ्कितसारभूत रपमा प्रभाबग्राहीरुपमा गरिने छ ।
८. यो सूचनामा उल्लेखित भएको कुराहरु यसै सूचना बमोजिम र उल्लेख नभएको कुराहरुको हकमा प्रचलित कानून बमोजिम हुनेछ ।