FAQs Complain Problems

मुख्य समाचार

गुर्भाकोट नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको कक्षा ८, SEE, SLC लगायत सवै कक्षाको शैक्षिक गुणस्तर सुधार गर्नका लागि गरिएको सामूहिक प्रतिबद्धता ।

हामी यस गुर्भाकोट नगरपालिका स्थित सामुदायिक माध्यमिक विद्यालयका वालक्लव, शिक्षक, प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समिति महासंघ, विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक महासंघ, शिक्षकका संघ संगठनहरु र नगरपालिकाका पदाधिकारीहरु सामुदायिक विद्यालयहरुको कक्षा ८, SEE, SLC लगायत सबै कक्षाको शैक्षिक गुणस्तर सुधार गर्नका लागि सबैले निस्वार्थ जिम्मेवारीवहन, यथोचित कर्तब्यपालन र निर्दिष्ट कार्यसम्पादन गरेर सुधार गर्न प्रतिबद्धता ब्यक्त गर्दछौँ ।

क) विद्यालय

अ. विद्यालय ब्यवस्थापन पक्ष (विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघ)

  • महिनामा एक पटक अनिवार्य रुपमा बैठक बसी शैक्षिक गतिविधिका विषयमा विषयगत शिक्षकहरु र विद्यार्थीहरुसँग शैक्षिक अवस्था वारे छलफल गर्ने ,
  • विद्यालय अनुगमन निरीक्षण योजना वनाइ दैनिक कम्तिमा १ जना अभिभावकले विद्यालय अनुगमन निरीक्षण गर्ने व्यवस्था गर्ने,
  • विद्यालयका प्रधानाध्यापकले समेत सोही बमोजिम विषयगत शिक्षकहरुसँग करार सम्झौता गरी करार सम्झौता बमोजिमका सूचकमा आएको सुधारको त्रैमासिक समिक्षा गर्ने,
  • विषयगत शिक्षक, कक्षा शिक्षकहरुसँग त्रैमासिक रुपमा विद्यार्थी र अभिभावक संगै नतिजाको सम्बन्धमा छलफल र अन्तरक्रिया गर्ने,
  • सिकाइमा कमजोर देखिएका विद्यार्थीको लागि नतिजा कमजोर भएको विषयको उपचारात्मक कक्षा तथा बैयक्तिक शिक्षणको ब्यवस्था गर्ने,
  • शिक्षकलाई आवश्यक पर्ने शैक्षिक सामाग्रीहरुको ब्यवस्था गर्ने,
  • सबै कक्षा र विषयको एकाई परीक्षा, साप्ताहिक परीक्षा, मासिक परीक्षा सञ्चालनको प्रवन्ध गर्ने,
  • कक्षा ८, १० र १२ को अंग्रेजी गणित र विज्ञान विषयको विशिष्टकरण तालिकामा आधारित शनिवारीय परीक्षा सञ्चालनको प्रवन्ध गर्ने,
  • शिक्षकले कक्षामा समय पालना गरे नगरेको अभिलेख विद्यार्थीद्वारा राख्ने ब्यवस्था गर्ने र अभिलेखको मासिक समिक्षा गर्ने,
  • अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरी विद्यालयको शैक्षिक गुणस्तर सुधारमा अभिभावकको सकृय योगदान बृद्धि गर्ने,
  • शिक्षक, विद्यार्थी र अभिभावकका लागि छुट्टा छुट्टै आचारसंहिता तय गरी लागु गर्ने ,
  • अतिरिक्त क्रियाकलापलाई नियमित र प्रभावकारी बनाउन आवश्यक योजना तयार गर्ने,
  • विद्यार्थीको प्रतिभा पहिचान र विद्यार्थी परामर्श कार्यक्रम सञ्चालन गर्ने,
  • विद्यार्थीहरुले लाइब्रेरी, विज्ञान प्रयोगशाला र सूचना प्रविधि प्रयोगशालाको सिकाइको लागि नियमित प्रयोग गर्ने वातावरण तय गर्ने,
  • प्रत्येक त्रैमासिक परीक्षाको नतिजा पश्चात कक्षागत अभिभावक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने,
  • विद्यालयको सामाग्री खरिद र आयोजनाको कार्यान्वयनका लागि छुट्टै खरिद/निर्माण समिति मार्फत गर्ने,
  • बैँक मार्फत मात्र आर्थिक कारोवार गर्ने, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले तोकेको कर अनिवार्य जम्मा गर्ने,
  • समयमै लेखा परीक्षण र सामाजिक परीक्षण तथा सो परीक्षणबाट  आएका नतिजाहरुमा क्रमिक सुधार गर्ने,
  • उजूरी पेटिका र गुनासो सुनुवाईको प्रभावकारी व्यवस्था गर्ने,
  • लागुपदार्थ दुर्ब्यसनी विरुद्धको क्रियाकलाप सञ्चालन गर्ने,
  • विद्यालयको शैक्षिक, भौतिक, आर्थिक र ब्यवस्थापकीय कार्यका लागि आवश्यक बजेट र स्रोत ब्यवस्थापनका लागि बैकल्पिक उपायको खाोजी गर्ने,
  • विद्यालयक सुधार योजनलाई कार्यान्वयनयोग्य र ब्यवहारिक वनाउने साथै विद्यालय सुधार योजनाको कार्यान्वयन कार्ययोजना तयार गरी सबैले देख्ने गरी सूचना पाटीमा राख्ने,
  • विद्यार्थीको नियमितता बृद्धि गरी कम्तिमा पनि ७५ प्रतिशत हाजिरी सुनिश्चित गर्ने गराउने,
  • आ शिक्षक
  • आफुले अध्यापन गर्ने विषयको दक्षता अभिबृद्धि गर्ने  र नविनतम ज्ञान र प्रविधिमा अध्यावधिक हुने,
  • सम्बन्धित विषयको पाठ्यक्रमको गहन अध्ययन गरी प्रभावकारी कार्यान्वयन गर्ने,
  • विषयगत नतिजामा प्रमुख रुपमा जिम्मेवार भै काम गर्ने,
  • विद्यार्थीहरुलाई प्रयोगात्मक र ब्यवहारिक रुपमा शिक्षण गर्ने,
  • योजनाबद्ध (शैक्षिक र शैक्षणिक योजना निर्माण गरी) शिक्षण गर्ने,
  • विद्यार्थीमैत्री शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने, आदी क्रमश‍‍... pdf file मा attach गरीएको छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि