FAQs Complain Problems

मुख्य समाचार

राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन एवं सूचना प्रकाशन गर्ने सम्बन्धी सूचना ।

यस नगरपालिकाको आर्थिक वर्ष २०८१।०८२ को असार मसान्तसम्म नेपाल सकारबाट मान्यता प्राप्त टेण्डर सूचना प्रकाशन गर्न मिल्ने राष्ट्रिय दैनिक पत्रिकामा प्रतिष्पर्धा मार्फत सबैभन्दा छुट कबोल गर्ने फर्म/बिज्ञापन एजेन्सीबाट सूचना प्रकाशन गर्न मिल्ने भएकोले सो सम्बन्धी कार्य गर्ने इजाजत प्राप्त ईच्छुक विज्ञापन/एजेन्सी वा फर्महरुबाट तपसिलको शर्तहरु भित्र रही सिलवन्दी दरभाउपत्र पेश गर्न यो १५ (पन्ध्र) दिने सूचना प्रकाशन गरिएको छ ।

शर्तहरु

१. शिलबन्दी दरभाउपत्रका साथ राष्ट्रिय वाणिज्य बैँक मेहेलकुना शाखामा रहेको यस कार्यालयको आन्तरिक राजश्व खा नं. ४४८०१००३०१०१००२ मा फिर्ता नहुने गरी रु १००० (एक हजार) दाखिला गरेको सक्कल बैंक भौचर सहित क्रमश नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,  फर्मदर्ता नविकरणको प्रतिलिपी, स्थायी लेखा नम्बर (प्यान/भ्याट) प्रमाणपत्रको प्रतिलिपि र करचुक्ता प्रमाणपत्रको प्रतिलिपी पेश गर्नुपर्ने छ

२. सिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस कार्यालयमा बुझउनुपर्ने भएकोले रितपूर्वक दाखिला भएका दरभाउहरु १६ औँ दिनमा दिनको ठिक १२ बजे यस कार्यालयमा दरभाउदाता वा निजको प्रतिनिधिको रोहबरमा खोलिने छ । निजको प्रतिनिधिको अनुपस्थितिमा समेत सिलबन्दी दरभाउपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।

३. सिलबन्दी दरभाउपत्र पेश गर्दा BOQ मा सहि छाप गरी रकम अंक र अक्षरमा स्पष्टसंग उल्लेख गर्नुपर्ने छ । यसरी उल्लेख गरिएको दरभाउपत्रमा लाहा छाप लगाई पेश गर्नुपर्ने हुन्छ ।

४. BOQ को न्युनतम एक आइटम भर्नुपर्नेछ । र नभरेको आइटममा खाली नराखी नभरेको भनी लेख्नुपर्ने छ ।

५. कारण जनाई वा नजनाई ठेक्का रद्ध गर्ने वा नगर्ने सम्पूर्ण अधिकार नगरपालिकामा निहित हुनेछ ।

६. यस सूचनामा उल्लेखित नभएका अन्य विषयमा प्रचलित ऐन, नियम तथा कानून बमोजिम हुनेछ ।

७. अन्य जानकारीको लागि यस नगरपालिकामा सम्पर्क गर्न सक्नुहुनेछ ।

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

जन प्रतिनिधि