मुख्य समाचार
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना ।
श्री यो जो जससंग सम्बन्धित छ ।
सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री चन्द्रज्योति प्राथमिक विद्यालय नेप्टेकाँडा गुर्भाकोट १४ सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथमिक तहको पदमा सरुवाको प्रकृया अगाडी बढाइदिन भनी विद्यालय व्यवस्थापन समितिको मिति २०८१।०६।०३ गतेको निर्णय, च.नं. ०५ र मिति २०८१।०६।०७ गतेको पत्रबाट अनुरोध भई आएकोले सम्बन्धित तहमा यस नगरपालिका अन्तर्गतका विद्यालयहरुमा कार्यरत स्थायी शिक्षकहरुबाट यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिन भित्र शिक्षा नियमावलीको अनुसूची १७ बमोजिमको ढाँचामा सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईको सहमति सहित सम्बन्धित विद्यालयमा निवेदन दिन शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ को दफा ९ बमोजिम सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        