मुख्य समाचार
विद्यालयको लेखा परीक्षण गर्नका लागि आवेदन दिने सम्बन्धमा ।
प्रस्त विषयानुसार शिक्षा नियमावली २०५९ (संशोधन सहित ) को परिच्छेद ३० को नियम १७१, गुर्भाकोट नगरपालिकाको शिक्षा ऐन, २०७४ (संशोधन सहितको) दफा ४७ उपदफा १ तथा गुर्भाकोट नगरपालिकाको शिक्षा नियमावली, २०७५ को परिच्छेद १५ को नियम ९२ को उपनियम १ बमोजिम यस नगरपालिका अर्न्तगतका विद्यालयहरुको आ.व. २०८०।०८१ को लेखा परीक्षण गर्नका लागि नेपाल चार्टड एकाउन्टेन्ट (ICAN) मा नियमानुसार दर्ता भएका इच्छुक लेखापरीक्षकहरुले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र तपसिल बमोजिमको कागजातहरु सहित लेखापरीक्षण गर्ने आशयको आवेदन दिनहुन यो सूचना प्रकाशन गरिएको छ ।
तपसिल
१. सम्बन्धित लेखापरीक्षकको निवेदन, नागरिकता तथा पेशागत फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
२. व्यवसाय नविकरण गरिएको प्रमाणपत्रको प्रतिलिपि ।
३. आ.व. २०८०।०८१ को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि वा कर चुक्ताको लागि म्याद थप।
४. स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
५. नमूनम मा.वि. को लागि लेखापरीक्षण गर्न नेपाल चार्टड एकाउन्टेन्टको प्रमाणपत्रको प्रतिलिपि ।