मुख्य समाचार
श्री सम्बन्धित सवै,यस नगरपालिकाको आ.व. २०८०।०८१ को सामाजिक परीक्षण हुने सम्बन्धि सूचना ।
श्री वडा अध्यक्ष ज्यूहरु/कार्यपालिका सदस्य ज्यूहरु सवै,
श्री राजनितिक दलका प्रमुख/ प्रतिनिधि ज्यू,
श्री विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख/प्रतिनिधि ज्यूहरु,
श्री शिक्षक महासंघ प्रमुख/ प्रतिनिधि तथा शिक्षक ज्यूहरु,
श्री उद्योग वाणिज्य संघका प्रमुख/ प्रतिनिधि ज्यू,
श्री पत्रकार महासंघका प्रमुख/प्रतिनिधि ज्यू,
श्री उपभोक्ता समितिका अध्यक्षहरु/टोल विकास संस्थाका अध्यक्षज्यहरु,
श्री नागरिक समाज/बुद्धिजिवी/सञ्चारकर्मी /सुरक्षाकर्मी/ सम्पूर्ण नगरबासी ज्यूहरु
यस गुर्भाकोट नगरपालिकाको आ.व. २०८०।०८१ मा विकास, सुशासन र सेवा प्रवाह संग सम्बन्धित सम्पादित कामबाट भएको आर्थिक सामाजिक प्रभावको विश्लेषण सहितको सामाजिक परीक्षण कार्यक्रम तपसिलको मिति, समय र स्थानमा हुने भएकोले उपस्थितिको लागि हार्दिक अनुरोध ।
तपसिलः
मितिः २०८१।०५।२० गते
समयः विहानको ठिक ११ बजे
स्थानः सिटिहल, खैरेनी, मेहेलकुना