FAQs Complain Problems

समाचार

उपरोक्त सम्बन्धमा । यस नगरपालिकाको आ.व. २०८०।०८१ मा प्रकासित ठेक्का NCB/WORKS/GM/03/2081-082 Mehalkuna Ilaka Prasasan office Road & Gumi Krishnagar Bishalchok Police bareke Bhakta pur to Aaryaghat road construction works Gurbhakot Surkhet . को सम्बन्धमा । मिति २०८१।०६।३० गतेको pre bid Meeting  बाट तपसिल बमोजिमको निर्णय भएको जानकारी गराइन्छ ।

प्रस्तुत विषयमा गुर्भाकोट नगरपालिका कृषि शाखा शुभाघाट सुर्खेतको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार खाद्यान्न बाली तर्फ गहुँको वीउ वितरण गर्नुपर्ने कार्यक्रम भएकोले ७ दिन भत्रि यस कार्यालयमा गहुँको वीउ उत्पादक कृषक समूह, सहकारी, वीउ उद्योग तथा फर्महरुले दरभाउ पत्र उपलब्ध गराइदिनुहुन अनुरोधछ ।

प्रस्तुत विषयमा गुर्भाकोट नगरपालिका कृषि शाखा शुभाघाट सुर्खेतको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वीउ उत्पादक कृषकहरुलाई आलुको बीउ वितरण गर्नुपर्ने  कार्यक्रम भएकोले ७ दिन भित्र यस कार्यालयमा आलुको वीउ उत्पादक कृषक समूह, सहकारी, वीउ उद्योग तथा फर्महरुले दरभाउ पत्र उपलब्ध गराइदिनुहुन अनुरोध छ ।

गुर्भाकोट नगरपालिका कृषि शाखा शुभाघाट सुर्खेतकको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५०% अनुदानमा गहुँको उन्नत वीउ अनुदानमा वितरण गर्ने कार्यक्रम रहेको हुँदा सो कार्यक्रम सहभागि हुने कृषक, कृषक समूह, कृषि फर्म र कृषि सहकारीहरुले तपसिल अनुसार आवश्यक कागजात सहित यो सूचना प्रकाशन भएको मितिले २१ दिन अर्थात (मिति २०८१ कार्तिक ५ गते) कार्यालय समय भित्र रितपूर्वक यस शाखामा  निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको जानकारी गराइन्छ । धन्यवाद !

सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री लक्ष्मी आधारभूत विद्यालय ओखले गुर्भाकोट -५ सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथमिक तहको शिक्षक पदमा सरुवाको प्रकृया अगाडी बढाइदिन भनी विद्यालय व्यवस्थापन समितिको मिति २०८१।०६।१३ गतेको निर्णय, च.नं. ३२ र मिति २०८१।०६ १४ गतेको पत्रबाट अनुरोध भई आएकोले सम्बन्धित तहमा यस नगरपालिका अन्तर्गतका विद्यालयहरुमा कार्यरत स्थायी शिक्षकहरुबाट यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिन भित्र शिक्षा नियमावलीको अनुसूची १७ बमोजिमको ढाँचामा सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइको सहमति सहित सम्बन्धित विद्यालयमा निवेदन दिन शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ को दफा ९ बमोजिम सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

अनुदानको रसायिनक मल कारोवार गर्ने बिक्रेताहरुले अनुदानको रसायनिक मलको स्थानीय विक्रेता सूची दर्ता गरिएको प्रमाण पत्रको म्याद असोज मसान्तमा समाप्त हुने हुँदा विक्रेता सहकारीहरुले तपसिल अनुसार आवश्यक कागजात सहित मिति २०८१ असोज २० गते कार्यालय समय भित्र रितपूर्वक यस शाखामा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

यस नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको साँझेदारीमा विद्युतिय चुलो (चुलो, प्रेसर कुकर 3 litre, कराई 26 cm) वितरण गर्ने कार्यक्रम भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक घरधनीले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र सम्बन्धित वडा कार्यालयमा वा नगरपालिकामा नागरिकताको प्रतिलिपि सहित निवेदन पेश गर्न हुन सम्पूर्ण सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

Pages