उपरोक्त सम्बन्धमा चालु आ.व. २०८१।०८२ मा यस नगरपालिकाभित्रका दक्ष व्यक्तिहरुको सूची तयार एवम् अद्यावधिक गर्नुपर्ने भएकोले यस नगरपालिकामा स्थायी बसोबास भएका तपसिलका योग्यता पुगेका ईच्छुक दक्ष व्यक्तिहरुले आफूले हासिल गरेको सीप, कार्य अनुभव र दक्षता सम्बन्धी विवरण खुलाई तोकिएको ढाँचामा असोज महिनाको अन्तिमसम्म यस नगरपालिकाको रोजगार सेवा केन्द्रमा निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
मुख्य समाचार
समाचार
गुर्भाकोट नगरपालिका कृषि शाखा शुभाघाट, सुर्खेतको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५०% अनुदानमा हाईब्रीड तरकारीको वीउमा अनुदान कार्यक्रम रहेको हुदा इच्छुक कृषक, कृषक समूह, कृषि फर्महरुको तपसिल अनुसार आवश्यक कागजात सहित (मिति २०८१ असौज ११ गते) कार्यालय समय भित्र रितपूर्वक यस शाखामा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।
यस नगरपालिकाको आ.व. २०८१।०८२ मा गुर्भाकोट नगरपालिका र डब्लु.एफ.पी को लागत साँझेदारीमा यस नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा भान्साघरको लागि भाडाकुडा व्यवस्थापन कार्य गर्न लागीएकोले इच्छूक दर्तावाल व्यवसायीहरुलाई तपसिल बमोजिमको शर्तको अधिनमा रही दरभाउपत्र आह्वान गरिएकोले प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ औँ दिन (मिति २०८१।०६।१० गते) को १२ः०० बजे भित्र दर्ता गर्न सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।
उपरोक्त सम्बन्धमा यस गुर्भाकोट नगरपालिका भित्रका खोला तथा नदिहरुमा रहेको नदिजन्य पदार्थको उत्खनन तथा विक्री बितरण (ढुङ्गा, गिठ्ठी, वालुवा उत्खनन विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बमोजिम) को लागि आई.ई.ई प्रतिवेदन तयार पार्ने कार्यका लागि मिति २०८१।०५।१८ गतेको सार्वजनिक सूचनाबाट प्रस्ताव माग भए बमोजिम तपसिलमा उल्लेखित परामर्शदाता छनौट भएकोले, कार्यालयको निर्णय बमोजिम यो ५ दिने, आशयपत्रको सूचना सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
प्रस्तुत विषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्र संख्या २०८१।०८२, चलानी नं. ०६, मिति २०८१।०५।०९ गतेको ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने सम्बन्धी प्राप्त पत्रानुसार विक्रम संवत २०८१ भदौ २३ (तदानुसार ८ सेप्टेम्बर २०२४) गते "बहुभाषिक शिक्षाको प्रवर्द्धनः पारस्परकि समझादारी र शान्तीको लागि साक्षरता" भन्ने मूल आर्दश वाक्यका साथ यस नगरपालिका अन्तर्गतका विद्यालयहरुले शिक्षक, विद्यार्थी, अभिभावक, ब्यवस्थापन पदाधिकारी, नागरिक समाज, पत्रकार, राजनैतिक दल, सामुदायिक सिकाई केन्द्र विभिन्न विकास साझेदार संस्थाहरु र अन्य सरोकारवालहरुसँग समन्वय र सहकार्य गरी सबैको उपस्थितिमा विभिन्न रचनात्मक तथा प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गरी भव्यरुपमा मनाउनुहुनको लागि अनुरोध छ ।
यस गुर्भाकोट नगरपालिकाको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विद्युतीय चुलो (Induction Cooktop) खरिद गरिनुपर्ने भएको हुँदा नेपाल सरकारबाट इजाजत प्राप्त ईच्छुक फर्म तथा सप्लायर्सहरुले कारोबार खुलेको फर्म दर्ता प्रमाणपत्र, मुल्य अभिवृद्धी करमा दर्ता भएको प्रमाणपत्र र करचुक्ता प्रमाण पत्रको प्रतिलिपि संलग्न राखी सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र यसै सूचना साथ संलग्न गरिएको स्पेशिफिकेशन भित्र रही दरभाउपत्र पेश गर्नुहुन अनुरोध छ।