FAQs Complain Problems

समाचार

प्रस्तुत विषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्र संख्या २०८१।०८२, चलानी नं. ०६, मिति २०८१।०५।०९ गतेको ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने सम्बन्धी प्राप्त पत्रानुसार विक्रम संवत २०८१ भदौ २३ (तदानुसार ८ सेप्टेम्बर २०२४) गते "बहुभाषिक शिक्षाको प्रवर्द्धनः पारस्परकि समझादारी र शान्तीको लागि साक्षरता" भन्ने मूल आर्दश वाक्यका साथ यस नगरपालिका अन्तर्गतका विद्यालयहरुले शिक्षक, विद्यार्थी, अभिभावक, ब्यवस्थापन पदाधिकारी, नागरिक समाज, पत्रकार, राजनैतिक दल, सामुदायिक सिकाई केन्द्र विभिन्न विकास साझेदार संस्थाहरु र अन्य सरोकारवालहरुसँग समन्वय र सहकार्य गरी सबैको उपस्थितिमा विभिन्न रचनात्मक तथा प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गरी भव्यरुपमा मनाउनुहुनको लागि अनुरोध छ ।

यस गुर्भाकोट नगरपालिकाको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विद्युतीय चुलो (Induction Cooktop)  खरिद गरिनुपर्ने भएको हुँदा नेपाल सरकारबाट इजाजत प्राप्त ईच्छुक फर्म तथा सप्लायर्सहरुले कारोबार खुलेको फर्म दर्ता प्रमाणपत्र, मुल्य अभिवृद्धी करमा दर्ता भएको प्रमाणपत्र र करचुक्ता प्रमाण पत्रको प्रतिलिपि संलग्न राखी सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र यसै सूचना साथ संलग्न गरिएको स्पेशिफिकेशन भित्र रही दरभाउपत्र पेश गर्नुहुन अनुरोध छ।

गुर्भाकोट नगरपालिका कृषि शाखा शुभाघाट सुर्खेतको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि सामाग्रीको दरभाउ यकिन गर्ने प्रयोजनार्थ कानून बमोजिम दर्ता तथा नविकरण भएका (कम्पनी, उत्पादक, कृषिक समूह, डिलर तथा एग्रोभेट विक्रेता) ले तपसिल बमोजिमको सामाग्रीहरुको दरभाउ विवरण यो सूचना प्रकाशन भएको मितिले सात (७) दिन (२०८१ भदौ २४ गते) कार्यालय समय भित्र रितपूर्वक आवश्यक कागजात संलग्न राखी यस कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

हामी यस गुर्भाकोट नगरपालिका स्थित सामुदायिक माध्यमिक विद्यालयका वालक्लव, शिक्षक, प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समिति महासंघ, विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक महासंघ, शिक्षकका संघ संगठनहरु र नगरपालिकाका पदाधिकारीहरु सामुदायिक विद्यालयहरुको कक्षा ८, SEE, SLC लगायत सबै कक्षाको शैक्षिक गुणस्तर सुधार गर्नका लागि सबैले निस्वार्थ जिम्मेवारीवहन, यथोचित कर्तब्यपालन र निर्दिष्ट कार्यसम्पादन गरेर सुधार गर्न प्रतिबद्धता ब्यक्त गर्दछौँ ।

क) विद्यालय

अ. विद्यालय ब्यवस्थापन पक्ष (विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघ)

  • महिनामा एक पटक अनिवार्य रुपमा बैठक बसी शैक्षिक गतिविधिका विषयमा विषयगत शिक्षकहरु र विद्यार्थीहरुसँग शैक्षिक अवस्था वारे छलफल गर्ने ,
  • विद्यालय अनुगमन निरीक्षण योजना वनाइ दैनिक कम्तिमा १ जना अभिभावकले विद्यालय अनुगमन निरीक्षण गर्ने व्यवस्था गर्ने,
  • विद्यालयका प्रधानाध्यापकले समेत सोही बमोजिम विषयगत शिक्षकहरुसँग करार सम्झौता गरी करार सम्झौता बमोजिमका सूचकमा आएको सुधारको त्रैमासिक समिक्षा गर्ने,
  • विषयगत शिक्षक, कक्षा शिक्षकहरुसँग त्रैमासिक रुपमा विद्यार्थी र अभिभावक संगै नतिजाको सम्बन्धमा छलफल र अन्तरक्रिया गर्ने,
  • सिकाइमा कमजोर देखिएका विद्यार्थीको लागि नतिजा कमजोर भएको विषयको उपचारात्मक कक्षा तथा बैयक्तिक शिक्षणको ब्यवस्था गर्ने,
  • शिक्षकलाई आवश्यक पर्ने शैक्षिक सामाग्रीहरुको ब्यवस्था गर्ने,
  • सबै कक्षा र विषयको एकाई परीक्षा, साप्ताहिक परीक्षा, मासिक परीक्षा सञ्चालनको प्रवन्ध गर्ने,
  • कक्षा ८, १० र १२ को अंग्रेजी गणित र विज्ञान विषयको विशिष्टकरण तालिकामा आधारित शनिवारीय परीक्षा सञ्चालनको प्रवन्ध गर्ने,
  • शिक्षकले कक्षामा समय पालना गरे नगरेको अभिलेख विद्यार्थीद्वारा राख्ने ब्यवस्था गर्ने र अभिलेखको मासिक समिक्षा गर्ने,
  • अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरी विद्यालयको शैक्षिक गुणस्तर सुधारमा अभिभावकको सकृय योगदान बृद्धि गर्ने,
  • शिक्षक, विद्यार्थी र अभिभावकका लागि छुट्टा छुट्टै आचारसंहिता तय गरी लागु गर्ने ,
  • अतिरिक्त क्रियाकलापलाई नियमित र प्रभावकारी बनाउन आवश्यक योजना तयार गर्ने,
  • विद्यार्थीको प्रतिभा पहिचान र विद्यार्थी परामर्श कार्यक्रम सञ्चालन गर्ने,
  • विद्यार्थीहरुले लाइब्रेरी, विज्ञान प्रयोगशाला र सूचना प्रविधि प्रयोगशालाको सिकाइको लागि नियमित प्रयोग गर्ने वातावरण तय गर्ने,
  • प्रत्येक त्रैमासिक परीक्षाको नतिजा पश्चात कक्षागत अभिभावक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने,
  • विद्यालयको सामाग्री खरिद र आयोजनाको कार्यान्वयनका लागि छुट्टै खरिद/निर्माण समिति मार्फत गर्ने,
  • बैँक मार्फत मात्र आर्थिक कारोवार गर्ने, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले तोकेको कर अनिवार्य जम्मा गर्ने,
  • समयमै लेखा परीक्षण र सामाजिक परीक्षण तथा सो परीक्षणबाट  आएका नतिजाहरुमा क्रमिक सुधार गर्ने,
  • उजूरी पेटिका र गुनासो सुनुवाईको प्रभावकारी व्यवस्था गर्ने,
  • लागुपदार्थ दुर्ब्यसनी विरुद्धको क्रियाकलाप सञ्चालन गर्ने,
  • विद्यालयको शैक्षिक, भौतिक, आर्थिक र ब्यवस्थापकीय कार्यका लागि आवश्यक बजेट र स्रोत ब्यवस्थापनका लागि बैकल्पिक उपायको खाोजी गर्ने,
  • विद्यालयक सुधार योजनलाई कार्यान्वयनयोग्य र ब्यवहारिक वनाउने साथै विद्यालय सुधार योजनाको कार्यान्वयन कार्ययोजना तयार गरी सबैले देख्ने गरी सूचना पाटीमा राख्ने,
  • विद्यार्थीको नियमितता बृद्धि गरी कम्तिमा पनि ७५ प्रतिशत हाजिरी सुनिश्चित गर्ने गराउने,
  • आ शिक्षक
  • आफुले अध्यापन गर्ने विषयको दक्षता अभिबृद्धि गर्ने  र नविनतम ज्ञान र प्रविधिमा अध्यावधिक हुने,
  • सम्बन्धित विषयको पाठ्यक्रमको गहन अध्ययन गरी प्रभावकारी कार्यान्वयन गर्ने,
  • विषयगत नतिजामा प्रमुख रुपमा जिम्मेवार भै काम गर्ने,
  • विद्यार्थीहरुलाई प्रयोगात्मक र ब्यवहारिक रुपमा शिक्षण गर्ने,
  • योजनाबद्ध (शैक्षिक र शैक्षणिक योजना निर्माण गरी) शिक्षण गर्ने,
  • विद्यार्थीमैत्री शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने, आदी क्रमश‍‍... pdf file मा attach गरीएको छ ।

श्री जो जससंग सम्बन्धित छ ।

प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रमलाई व्यवस्थित गर्नका लागि यस नगरपालिका र WEP को साँझेदारीमा विद्यालय भान्साघरको लागि आवश्यक भाडाकुडा खरिद गर्ने प्रयोजनका लागि यसैसाथ संलग्न स्पेसिफिकेशन अनुसारको आवश्यक दररेट ७ (सात) दिनभित्र उपलब्ध गराइदिन अनुरोध छ ।

Pages