FAQs Complain Problems

मुख्य समाचार

समाचार

श्री यो जो जससंग सम्बन्धित छ ।

सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अम्बापुर गुर्भाकोट १४ सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथामिक तहको शिक्षक पदमा सरुवाको प्रकृया अगाडी बढाइदिन भनी विद्यालय व्यवस्थापन समितिको मिति २०८१।०४।१४ गतेको निर्णय, च.नं.७१ र मिति २०८१।०४।२८ गतेको पत्रबाट अनुरोध भई आएकोले सम्बन्धित तहमा यस नगरपालिका अन्तर्गतका विद्यालयहरुमा कार्यरत स्थायी शिक्षकहरुबाट यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिन भित्र शिक्षा नियमावलीको अनुसूची १७ बमोजिमको ढाँचामा सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइको सहमति सहित सम्बन्धित विद्यालयमा निवेदन दिन शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ को दफा ९ बमोजिम सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

प्रस्तुत विषयमा यस गुर्भाकोट नगरपालिका सुर्खेत क्षेत्रभित्रका सम्पूर्ण करदाहरुले यस नगरपालिकाको कार्यालयमा बुझाउनुपर्ने आन्तरिक कर तथा गैर कर राजश्व वापतको रकम (एकिकृत सम्पत्ति कर, व्यवसाय कर, घर जग्गा बहाल कर, दहत्तर/वहत्तर कर लगायत अन्य करहरु) नगरपालिकाको कार्यालय वा वडा कार्यालयहरु मार्फत २०८१।०३।२४ गते भित्र बुझाईसक्नु हुन सम्पूर्ण करदाताहरुमा अनुरोध गरिन्छ । साथै यस नगरपालिकाका वडा कार्यालयहरुबाट मिति २०८१।०३।३० गते सम्म संकलित राजश्व मिति २०८१।०३।३१ गते कार्यालय समयभित्र बैँक दाखिला गरी सोको फाँटवारी नगरपालिकाको राजश्व उपशाखामा बुझाउनुहुन जानकारी गरिन्छ 

श्री सामुदायिक माध्यामिक विद्यायलहरु सवै

गुर्भाकोट नगरपालिका, सुर्खेत ।

प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयहरुको शैक्षिक सत्र २०८० को SEE नतिजाको विश्लेषणात्मक प्रतिवेदन यसैसाथ संलग्न रहेको छ । उक्त प्रतिवेदनबाट सामुदायिक विद्यालयहरुको नतिजा समन्तोषजनक नरहेको र अधिकाँस विद्यार्थी माथिल्लो कक्षामा अध्ययनको अवसरबाट वञ्चित हुने देखिन आएकोले सम्बन्धित विद्यालयहरुले उक्त नतिजाको व्यापक समिक्षा गर्नुहुन साथै विभिन्न विषयमा NG  प्राप्त गरेका र तत्कालै सञ्चालन हुने ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुने विद्यार्थीहरुको लागि सम्बन्धित विषय शिक्षकबाट थप सहायता कक्षा (उपचारात्मक शिक्षण) संचालन गर्ने व्यवस्था अनिवार्य रुपमा मिलाउनुहुन निर्देशानानुसार अनुरोध छ ।

श्री वडा कार्यालयहरु सवै १४ वटै,

विषयः जग्गाको मूल्याङ्कन गरी पठाउने सम्बन्धमा ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहले उठाउनुपर्ने कर अन्तर्गत सम्पत्ति कर र भूमी कर भएकोमा हाल एकिकृत सम्पत्ति कर उठाइएको व्यहोरा सबैमा अवगत नै  छ । उल्लेखित कर संकलनमा कानून उल्झनता समेत देखिएकोले आ.व.२०८१।०८२ देखि सम्पत्ति कर  भूमी कर छुट्टाछुट्टै लगाउनुपर्ने भएकोले यस नगरपालिकाको स्वीकृत भूउपयोग योजना अनुसार वडागत रुपमा तपसिलको ढाँचामा वडा कार्यसमितिबाट स्वीकृत गरी जग्गाको मूल्याङ्कन गरी बढीमा १० दिन भित्र पठाइदिनहुन आदेश अनुसार अनुरोध छ ।

प्रस्तु विषयमा गुर्भाकोट नगरपालिका कृषि शाखाको मिति २०८०।१०।०८ गते प्रकाशित सूचना बमोजिम पेश भएका प्रस्तावहरु मिति २०८१।०३।०६ गते कृषि विकास समितिको वैठक वसी निर्णय भए बोमिजिम तपसिलका कृषिक  समूह, सहकारी  छनौट भएको हुँदा ७ दिन  (२०८१ असार १५) गेत भित्र सम्झौता गरी सक्नुहुन सम्बन्धित सवैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ ।

श्री उपभोक्ता समिति तथा निर्माण व्यवसायी सबै,

विषयः जानकारी सम्बन्धमा ।

प्रस्तुत विषयमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० (१) बमोजिम भुक्तानी दिनुपर्ने रकम आर्थिक वर्ष सम्पन्न हुनु भन्दा कम्तिमा ७ (सात) दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक निकासा बन्द गर्नुपर्ने कानुनी प्रावधान रहेको छ श्र तसर्थ भुक्तानी मागका योजना तथा कार्यक्रमहरु २०८०।०३।२४ गते सम्म भुक्तानी लिई सक्ने गरी मिति २०८१।०३।१७ सम्म यस कार्यालयको आर्थिक तथा प्रशासन शाखामा फायल पेश गर्नुहुन अनुरोध छ, तोकिएको समयमा आवश्यक सम्पूर्ण प्रमाणित कागजात आर्थिक प्रशासन शाखामा पेश हुन नसकी भुक्तानी हुन नसकेमा सोको जिम्मेवारी सम्बन्धित शाखा/फर्म/कर्मचारी लगाएत सम्बन्धीत सरोकारवला सेवाग्राही स्वयम नै जिम्मेवारी हुने व्यहोरा सबैमा जानकारीका लागि अनुरोधछ ।

गुर्भाकोट नगरपालिका कृषि शाखाको आ.व. २०८०।८१ को संघीय शसर्त किसान सूचीकरण कार्यक्रम अन्तर्गत गुर्भाकोट नगरपालिका वडा नं. २ र ५ मा किसान सूचीकरण सम्बन्धी तथ्यांक संकलन कार्य संचालन भइरहेको र करिब अन्तिम चरणमा रहेको हुदाँ तथ्यांक संकलनमा छुट्नु भएका वडा नं. २ र ५ का सबै कृषकहरुलाई सम्बन्धित वडा कार्यालयमा मिति २०८१।०३।०४ गते भित्र स्वयम उपस्थित भई आवश्यक कागजात (नागरिकता) लिई किसान सूचीकरण प्रणालीमा आवद्ध हुन अनुरोधछ ।

Pages

//