FAQs Complain Problems

समाचार

यस गुर्भाकोट नगरपालिका क्षेत्र भित्र सङ्कलन हुने कवाडी मालसामानमा लाग्ने कवाडी कर संकलन सम्बन्धी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति/फर्म/कम्पनीले शुल्क संकलनका लागि सूचना प्रकाशन भएको मितिले १५(पन्ध्र) दिन भित्र यस कार्यालयमा तपसिल अनुसारको शर्तको अधिनमा रही सिलबन्दी दरभाउ पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

यस गुर्भाकोट नगरपालिका क्षेत्र भित्र सङ्कलन हुने कवाडी मालसामानमा लाग्ने कवाडी कर संकलन सम्बन्धी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति/फर्म/कम्पनीले शुल्क संकलनका लागि सूचना प्रकाशन भएको मितिले १५(पन्ध्र) दिन भित्र यस कार्यालयमा तपसिल अनुसारको शर्तको अधिनमा रही सिलबन्दी दरभाउ पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

उपरोक्त सम्बन्धमा  चालु आ.व. २०८१।०८२ मा यस नगरपालिकाभित्रका दक्ष व्यक्तिहरुको सूची तयार एवम् अद्यावधिक गर्नुपर्ने भएकोले यस नगरपालिकामा स्थायी बसोबास भएका तपसिलका योग्यता पुगेका ईच्छुक दक्ष व्यक्तिहरुले आफूले हासिल गरेको सीप, कार्य अनुभव र दक्षता सम्बन्धी विवरण खुलाई तोकिएको ढाँचामा असोज महिनाको अन्तिमसम्म यस नगरपालिकाको रोजगार सेवा केन्द्रमा निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

गुर्भाकोट नगरपालिका कृषि शाखा शुभाघाट, सुर्खेतको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५०% अनुदानमा हाईब्रीड तरकारीको वीउमा अनुदान कार्यक्रम रहेको हुदा इच्छुक कृषक, कृषक समूह, कृषि फर्महरुको तपसिल अनुसार आवश्यक कागजात सहित (मिति २०८१ असौज ११ गते) कार्यालय समय भित्र रितपूर्वक यस शाखामा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

यस नगरपालिकाको आ.व. २०८१।०८२ मा गुर्भाकोट नगरपालिका र डब्लु.एफ.पी को लागत साँझेदारीमा यस नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा भान्साघरको लागि भाडाकुडा व्यवस्थापन कार्य गर्न लागीएकोले इच्छूक दर्तावाल व्यवसायीहरुलाई तपसिल बमोजिमको शर्तको अधिनमा रही दरभाउपत्र आह्वान गरिएकोले प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ औँ दिन (मिति २०८१।०६।१० गते) को १२ः०० बजे भित्र दर्ता गर्न सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।

उपरोक्त सम्बन्धमा यस गुर्भाकोट नगरपालिका भित्रका खोला तथा नदिहरुमा रहेको नदिजन्य पदार्थको उत्खनन तथा विक्री बितरण (ढुङ्गा, गिठ्ठी, वालुवा उत्खनन विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बमोजिम) को लागि आई.ई.ई प्रतिवेदन तयार पार्ने कार्यका लागि मिति २०८१।०५।१८ गतेको सार्वजनिक सूचनाबाट प्रस्ताव माग भए बमोजिम तपसिलमा उल्लेखित परामर्शदाता छनौट भएकोले, कार्यालयको निर्णय बमोजिम यो ५ दिने, आशयपत्रको सूचना सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Pages

//