मुख्य समाचार
विज्ञापन संकलन कर संकलन सम्बन्धी सिलबन्धी बोलपत्र आह्वानको सूचना ।
यस नगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम स्वीकृत दररेटको अधिनमा रही नगरक्षेत्र भित्र विज्ञापन कर संकलन कार्यको ठेक्का बन्दोवस्तद्वारा गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित शर्त बन्देजको अधिनमा रही उक्त कर उठाउन चाहाने योग्य तथा इच्छुक फर्म/संस्थाहरुबाट नविकरण गराइएको ईजाजतपत्र मुअकर दर्ता/स्थायी लेखा नम्बर, आ.व. २०८०।०८१ को करचुक्त प्रमाणपत्र र आफु त्यस्तो दरभाउपत्रमा दाखिला गर्न अयोग्य नभएको भनी गरिएको स्वघोषणापत्र समेत संलग्न गरी सूचना प्रकाशन मितिले १५(पन्ध्र) दिनभित्र रितपूर्वक सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरिन्छ ।
शर्तहरुः
१. दस्तुर वाफतको रकम रु १००० (एक हजार मात्र पछि फिर्ता नहुने ) यस कार्यालयको रा.वा.बैँ. मेहेलकुना शाखा कार्यालय स्थित आन्तरिक राजश्व खाता नं. ४४८०१००३०१०१००२ मा जम्मा गरेको सक्कल भौचर वा यस नगरपालिकाको राजश्व शाखामा नगद बुझाएको सक्कल रसिद पेश गर्नुपर्नेछ ।
२. प्रथम पटक सूचना प्रकाशित मितिले १५ (पन्ध्र) दिन कार्यालय समयभित्र सिलबन्दी दरभाउपत्र पेश गर्नुपर्ने र १६ औँ दिनको २ बजे रितपूर्वक दर्ता हुन आएका सिलबन्दी दरभाउपत्रहरु दरभाउपत्रदाताका प्रतिनिधिहरुको रोहबरमा (प्रतिनिधि उपस्थिति नभएको अवस्थामा पनि) यस कार्यालयमा खोलिनेछ ।
३.दरभाउपत्रदाताले आफुले कवोल गरेको दरभाउ रकम अंक र अक्षरमा प्रस्ट बुझिनेगरी लेख्नुपर्नेछ । अंक प्रष्ट नभएको अवस्थामा अक्षरमा अंकित भएको दरलाई मान्यता दिईनेछ ।
४.दरभाउपत्रदाताले आफुले कवोल अंकको ५(पाँच) प्रतिशत ले हुन आउने रकम यस कार्यालयको राष्ट्रिय वाणिज्य बैँक मेहेलकुना शाखामा रहेको धरौटी खाता नं. ४४८००३०३०००००२ मा जम्मा गरेको सक्कल भौचर समेत दरभाउपत्र साथ पेश गर्नुपर्छ । नेपाल सरकारबाट मान्यता प्राप्त वाणिज्य बैंकबाट यस कार्यालयको नाममा जारी गरेको सक्कल बिडबण्ड पेश गर्नुपर्दछ र मान्य अवधी ७५ दिनको हनु पर्नेछ ।
५. दर्ता हुन आएका दरभाउपत्रहरु स्वीकृत गर्ने वा नगर्ने अधिकार यसै कार्यालयमा सुरक्षित रहनेछ ।
६. विज्ञापन कर असुली सम्बन्धी गरिएका सम्झौता बमोजिम यस कार्यालयमा बुझाउनुपर्ने रकमको अतिरिक्त अन्य कुनै कर दस्तुर बुझाउनुपर्ने भए सोको दायित्व स्वीकृत दरभाउपत्रवालाकै हुनेछ ।
७. सूचनामा उल्लेख नभएका शर्तहरु प्रचलित कानून बमोजिम हुनेछ ।
८. यस सम्बन्धी थप जानकारीको लागि गुर्भाकोट नगरपालिकाको वेभसाईट www.gurbhakotmun.gov.np बाट लिन सकिनेछ । वा सम्पर्क नम्बर ९८५८०६५१११, ९८५७८५५५५६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।