FAQs Complain Problems

विद्यालय दिवा खाजा खाद्यान्न आपुर्तिको लागि कृषिक समुह, कृषि सहकारीहरु र व्यक्तिगत फर्महरुलाई निवेदन पेश गर्ने बारेको सूचना ।

श्री सवै कृषि सहकारीहरु तथा कृषक समूहहरु,

गुर्भाकोट नगरपालिका, सुर्खेत ।

प्रस्तुत विषयमा यस नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा संचालन भइरहेको दिवा खाजा कार्यक्रममा सामुदायिक विद्यालय दिवा खाजा कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०८१ परिच्छेद ५ दफा १० अनुसार स्थानीय स्तरमा उपलब्ध हुने खाद्य सामाग्रीहरु दिवा खाजाको मेनु अनुसार सम्बन्धित विद्यालयहरु संग सम्झौता गरी नियमित आपुर्ति गर्ने प्रयोजनका लागि यस नगरपालकिामा दर्ता भएका कृषि सहकारी, बहुउद्वेश्यीय सहकारी, कृषक  समूह वा व्यक्तिगत फर्म वा  व्यक्तिहरुले तपसिलका आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र (मिति २०८१।०५।०५) गतेसम्म यस नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा वा कृषि शाखामा  निवेदन पेश गर्नुहुन सरोकारवाला सम्पूर्णमा यो सूचना प्रकाशन गरिएको छ ।

प्रस्तावनाको लागि निवेदनको ढाँचा यसैसाथ संलग्न छ ।

तपसिलः

१. सम्बन्धित कृषक समूह र कृषि सहकारीको दर्ता, पान नं., समूह/सहकारीको विद्यानको प्रतिलिपी तथा गत वर्ष गरेको लेखापरीक्षण प्रतिवेदन प्रतिलिपी र कर चुक्ता गरेको प्रमाणको प्रतिलिपी

२. कृषक समूह र सहकारीको दिवा खाजामा खाद्यान्य आपुर्ति गर्ने निर्णयको प्रतिलिपी

३. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

४. मेनु अनुसारको खाजाको लागि स्थानीय कृषि उत्पादनहरु आपुर्ति गर्ने प्रतिवद्धत्ता पत्र र सहकारीको जानकारी फाराम ।

थप जानकारीको लागि नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा वा कृषि शाखामा सम्पर्क गर्न सक्नुहुने  छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि