FAQs Complain Problems

कवाडी कर उठाउने सम्बन्धि प्रस्तावन आह्वान गरिएको सूचना

यस गुर्भाकोट नगरपालिका क्षेत्र भित्र सङ्कलन हुने कवाडी मालसामानमा लाग्ने कवाडी कर संकलन सम्बन्धि ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले इच्छुक फर्म/कम्पनी/व्यवसायीले शुल्क  संकलनका लागि सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस कार्यालयमा तपसिल अनुसारको शर्तको अधिनमा रही सिलबन्धी दरभाउ पेश गर्नुहन यो सूचना प्रकाशित गरिएको छ ।

सि.नं.
दरभाउपत्र नं.
कार्यविवरण
न्युनतम ठेक्का रकम मु.अ.क. बाहेक
दरभाउ दस्तर
धरौटी रकम



यस नगरपालिका क्षेत्रभित्र कवाडी सामान उठाउने सम्बन्धी ठेक्का
१,३०,०००(एक लाख तीस हजार)
रु १०००
कबोल अंकको ५ प्रतिशत

ठेक्का सम्बन्धी शर्तः

१. आफुले लिन चाहेको ठेक्का र कबुल गरेको रकम स्पस्ट बुझिने मु आ कर अक्षरमा खुलाई सहि छाप गरी आफैँ वा आफ्नो प्रतिनिधीद्वारा प्रस्ताव पत्र पेशु गर्नुपर्दछ ।

२. उल्लेखित ठेक्काको कर दस्तुर दररेट नगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम हुनेछ ।

३. म्याद नाघी वा रित नपुगी प्राप्त भएको प्रस्ताव पत्र उपर कारबाही हुने छैन ।

४. प्रस्तावना पत्र स्वीकृत भई आशय पत्र प्रकाशन भएको मितिले ७ सात दिन भित्र कबोल गरेको रकम एकमुष्ट रुपमा जम्मा गरी सक्कल भौचर लिई कार्यालयमा आउनुपर्नेछ । भ्याट रकम नियमानुसार दाखिला गर्नुपर्नेछ ।

५. प्रस्ताव खोल्ने समयमा प्रस्तावदाता स्वयम् वा निजको प्रतिनिधी उपस्थित नभएमा पनि  प्रस्तावपत्र खोल्न बाँधा पुग्ने छैन ।

६. प्रस्ताव दाखिला गर्ने अन्तिम मिति २०८१।०५।१३ गते दिनको ५ः०० बजे सम्म हुनेछ ।

७. प्रस्ताव  मिति २०८१।०५।१४ गते दिनको २ः०० बजे खोलिनेछ । प्रस्ताब स्वीकृत गर्दा अधिकतम मूल्याङ्कितसारभूत रपमा प्रभाबग्राहीरुपमा गरिने छ ।

८. यो सूचनामा उल्लेखित भएको कुराहरु यसै सूचना बमोजिम र उल्लेख नभएको कुराहरुको हकमा प्रचलित कानून बमोजिम हुनेछ ।

 

आर्थिक वर्ष:

जन प्रतिनिधि