मुख्य समाचार
किसान सूचीकरणको लागि सहभागी हुन आउने बारे सूचना ।
गुर्भाकोट नगरपालिका कृषि शाखाको आ.व. २०८०।८१ को संघीय शसर्त किसान सूचीकरण कार्यक्रम अन्तर्गत गुर्भाकोट नगरपालिका वडा नं. २ र ५ मा किसान सूचीकरण सम्बन्धी तथ्यांक संकलन कार्य संचालन भइरहेको र करिब अन्तिम चरणमा रहेको हुदाँ तथ्यांक संकलनमा छुट्नु भएका वडा नं. २ र ५ का सबै कृषकहरुलाई सम्बन्धित वडा कार्यालयमा मिति २०८१।०३।०४ गते भित्र स्वयम उपस्थित भई आवश्यक कागजात (नागरिकता) लिई किसान सूचीकरण प्रणालीमा आवद्ध हुन अनुरोधछ ।