FAQs Complain Problems

मुख्य समाचार

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना ।

श्री यो जो जससंग सम्बन्धित छ ।

सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भुल्के गुर्भाकोट ९ सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथमिक तह एकिकृत विषयको शिक्षक पदमा सरुवाको प्रकृया अगाडी बढाइदिन भनी विद्यालयको च.नं. मिति २०८१।०२।२४ गतेको पत्रबाट अनुरोध भई आएकोले सम्बन्धित तह र विषयका योग्यता पुगेका स्थायी शिक्षकहरुबाट यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिन भित्र शिक्षा नियमावलीको अनुसूची १७ बमोजिमको ढाँचामा सम्बन्धित विद्यालय, स्थानिय तह र शिक्षा विकास तथा समन्वय इकाइको सहमति सहित सम्बन्धित विद्यालयमा निवेदन दिन शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ को द ९ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

पुनश्च

  1. तोकिएको म्याद भित्र विद्यालयको इमेल nerapravibhulke@gmail.com मार्फत समेत निवेदन पेश गर्न सकिनेछ  ।
  2. म्याद नाघी वा तोकिए बमोजिमको रित नपुगी प्राप्त हुन आएको निवेदन माथि कुनै कारबाही हुने छनै ।

आर्थिक वर्ष:

जन प्रतिनिधि