FAQs Complain Problems

मुख्य समाचार

वडा स्तरीय योजना तर्जुमा सम्बन्धमा । श्री वडा कार्यालयहरु सवै (१४ वटै) गुर्भाकोट नगपालिका

वडा स्तरीय योजना तर्जुमा सम्बन्धमा ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार हरेक स्थानीय तहले योजना निर्माण गर्दा देहायका विषयहरुलाई प्राथमिकता दिई बनाउनुपर्ने उल्लेख छ । स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन, २०७८ बमोजिम योजना तथा बजेट तर्जुमाका ७ चरणरुको विषयमा अवगत नै छ । उल्लेखित चरणहरुको कार्यान्वयन सम्बन्धमा । वस्ती/टोल स्तरबाट योजना  छनोट र वडा स्तरीय योजना प्राथमिकता निर्धारण गर्ने सम्बन्धमा सोही कार्यविधिको अनुसूची ११ अनुसूची २३ क, अनुसूची २३ ख र अनुसूची २४ बमोजिम वस्ती /टोल स्तरबाट योजना तर्जुमा तथा छनोट प्रक्रिया अगाडि बढाउनुुहुन अनुरोधछ ।

प्राथमिकताका आधारहरु

  • आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदानज पुग्ने
  • उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने
  • जनताको जीवनस्तर आम्दानी र रोजगारी बढ्ने
  • स्थानीय बासिन्दाहरुको सहभागिता जुट्ने, स्वयं सेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने
  • स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग हुने
  • महिला, बालबालिका तथा पिछडिएका वर्ग, क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ हुने
  • दिगो विकास, वातावरणीय संरक्षण तथा सम्वर्दन गर्न सघाउ पुर्‍याउने
  • भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सदभाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्‍याउने ।

आर्थिक वर्ष:

जन प्रतिनिधि