कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
प्रस्तुत विषयमा गुर्भाकोट नगरपालिका कृषि शाखा शुभाघाट सुर्खेतको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार खाद्यान्न बाली तर्फ गहुँको वीउ वितरण गर्नुपर्ने कार्यक्रम भएकोले ७ दिन भत्रि यस...
प्रस्तुत विषयमा गुर्भाकोट नगरपालिका कृषि शाखा शुभाघाट सुर्खेतको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वीउ उत्पादक कृषकहरुलाई आलुको बीउ वितरण गर्नुपर्ने कार्यक्रम भएकोले ७ दिन भित्र यस...
गुर्भाकोट नगरपालिका कृषि शाखा शुभाघाट सुर्खेतकको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५०% अनुदानमा गहुँको उन्नत वीउ अनुदानमा वितरण गर्ने कार्यक्रम रहेको हुँदा सो कार्यक्रम सहभागि हुने...
सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री लक्ष्मी आधारभूत विद्यालय ओखले गुर्भाकोट -५ सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथमिक तहको शिक्षक पदमा सरुवाको प्रकृया अगाडी बढाइदिन भनी विद्यालय...
गुर्भाकोट नगरपालिका–९, दाप्चामा महिला दिदीबहिनीहरू तथा ज्येष्ठ नागरिकहरूसँग नगर प्रमुखज्यूको आत्मीय भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८२/०५/१४ गते मेहेलकुना अस्पतालमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा २५५ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा तिनीहरूमध्ये २० जनामा VIA Positive देखिएको थियो।
बालबालिकालाई पौष्टिक दिउँसोको खाजा सहज उपलब्ध गराउन नगर प्रमुख हस्त पुन र उप प्रमुख मैना बिक ज्यूले सहकारीका संस्थाका प्रमुख/प्रतिनिधि ज्यूहरुलाई कम्बाइन मिल वितरण गर्नुभएको छ ।
एफ.सि.डि.ओ.को सहयोगमा आसमान नेपालले ब्रिटिस काउन्सिल र भिएसओ नेपालसँग साझेदारीमा भेरीगंगा, गुर्भाकोट र लेकबेशी नगरपालिकामा जेम्स परियोजना सञ्चालन गरी बालिका शिक्षामा समान पहुँच र समतामूलक सिकाइ प्रवर्द्धन गरेको छ । परियोजनाको समीक्षा तथा समापन कार्यक्रम
अपाङ्ग एकता समाजको आयोजना, एबिलिज फाउन्डेसनको सहयोग तथा गुर्भाकोट नगरपालिका समन्वयमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा करिब २० जना अपाङ्गता भएका व्यक्तिको सहभागिता रह्यो र परिवार नियोजन सामग्री वितरण भयो ।
यस गुर्भाकोट नगरपालिका अन्तर्गत DHIS पहुँच प्राप्त सबै सरकारी, गैर–सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूका आ.व. २०८१/०८२ का तथ्याङ्क सुधारका लागि, जनस्वास्थ्य कार्यालय सुर्खेतको प्राविधिक सहयोगमा DHIS फोकल पर्सनहरूलाई लक्षित दुई दिने कार्यशाला सम्पन्न भएको
गुर्भाकोट नगरपालिका–६, बडाखोलीस्थित वडा कार्यालय भवन निर्माणका लागि वडा नं. ६ निवासी श्री प्रतापसिं मगरले ३ रोपनी ४ आना जग्गा प्रमुख प्रशासकीय अधिकृतज्यूलाई पूर्जा सहित हस्तान्तरण गर्नुभएको छ ।
यस नगरपालिकाको वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम अन्तर्गत आज मिति २०८२।०४।२६ गते वडा नं. ८ खैरेनीस्थित पवित्र भेरी नदी किनारबाट कार्यक्रमको शुभारम्भ वडा नम्बर ८ का अध्यक्ष श्री किरण कुमार विकसहितको टोलीले गर्नुभएको छ ।
महिला परिवर्तन साना किसान कृषि सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित बीउ उत्पादन कार्यक्रमको अनुगमन तथा निरीक्षण नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारीज्यू, नगर प्रमुखज्यू तथा प्रदेशस्तरीय कृषि कार्यालयका प्रतिनिधिहरूद्वारा
विगत ४ वर्षदेखि मेहेलकुना अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. विनोद यादवज्यूको "फेरी भेटौला" कार्यक्रम नगर प्रमुखज्यूसहितको उपस्थितिमा एक समारोहका बीच सम्पन्न भई उहाँलाई विधिवत रूपमा विदाइ गरिएको छ ।