कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
श्री वडा कार्यालयहरु सवै १४ वटै,
विषयः जग्गाको मूल्याङ्कन गरी पठाउने सम्बन्धमा ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहले उठाउनुपर्ने कर अन्तर्गत सम्पत्ति कर र भूमी कर भएकोमा हाल एकिकृत...
प्रस्तु विषयमा गुर्भाकोट नगरपालिका कृषि शाखाको मिति २०८०।१०।०८ गते प्रकाशित सूचना बमोजिम पेश भएका प्रस्तावहरु मिति २०८१।०३।०६ गते कृषि विकास समितिको वैठक वसी निर्णय भए बोमिजिम तपसिलका कृषिक समूह,...
श्री उपभोक्ता समिति तथा निर्माण व्यवसायी सबै,
विषयः जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० (१) बमोजिम भुक्तानी दिनुपर्ने रकम आर्थिक...
गुर्भाकोट नगरपालिका कृषि शाखाको आ.व. २०८०।८१ को संघीय शसर्त किसान सूचीकरण कार्यक्रम अन्तर्गत गुर्भाकोट नगरपालिका वडा नं. २ र ५ मा किसान सूचीकरण सम्बन्धी तथ्यांक संकलन कार्य संचालन भइरहेको र करिब...
श्री यो जो जससंग सम्बन्धित छ ।
प्रस्तुत विषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाको प.सं. २०८०।०८१, च.नं. २३७, मिति २०८१।०२।२३ गतेको रिक्त दरबन्दी विवरण पठाउने...
स्वदेशमै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था आएमा सही सूचना लिएर र आवश्यक सिप सिकेर मात्र जाऔँ।” गुर्भाकोट नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको कार्यान्वयन संरचना (मोडालिटी) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ
गुर्भाकोट नगरपालिकाले विश्व क्षयरोग दिवस २०८२ भव्य रूपमा मनाएको छ। उक्त अवसरमा नगरपालिकाले पालिकाभित्र रहेका क्षयरोगी बिरामीहरूको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पोषण प्याकेज वितरण कार्यक्रम समेत सम्पन्न गरेको छ।
यस नगरपालिकाको समन्वयमा ली-बर्ड र Welthungerhilfe (WHH) को साझेदारीमा सञ्चालित प्रारम्भ परियोजनाअन्तर्गत नगरपालिकाको आपतकालीन कार्यसञ्चालन केन्द्र (EOC) लाई सुदृढिकरण गर्ने उद्देश्यले विभिन्न विपद् व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ।
यस नगरपालिकामा आ.व. २०८१/८२ को लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) सम्बन्धी अभिमुखीकरण र परीक्षण कार्यक्रम सम्पन्न भएको छ
यस नगरपालिकामा आ.व. २०८१/८२ को लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) सम्बन्धी अभिमुखीकरण र परीक्षण कार्यक्रम सुरु भएको छ ।
नगर प्रमुख ज्यूद्वारा मेहेलकुना अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गुर्भाकोट नगरपालिकाका नगर प्रमुख ज्यूद्वारा स्वास्थ्य सेवा सुदृढीकरणका लागि मेहेलकुना अस्पताललाई एक थान एम्बुलेन्स हस्तान्तरण गरिएको छ।
शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आधारभूत तह शिक्षा उत्तीर्ण परीक्षा संचालन तथा व्यवस्थापनका लागि EMIS सम्बन्धित अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आ.व. २०८२।०८३ सर्शत चालुको स्वीकृत कार्यक्रम अन्तर्गत आधारभूत तहमा अध्यापनरत विद्यालयका प्रधानाध्यपक, तथा (IEMIS Focal person) शिक्षकहरुबीच सिकाई आपुरण तथा द्रुत सिकाई योजना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको
यस नगरपालिकामा मिति २०७४ साल चैत्र महिनामा सरुवा भई आउनु भएका कार्यालय सहयोगी (का.स.) श्री खड्क बहादुर वलीज्यू अनिवार्य अवकाश भइ जानु भएको छ ।
नगर स्वास्थ्य शाखाको आयोजनामा यस नगरपालिकामा आर्थिक वर्ष ८२/८३ को एचपीभी खोप सञ्चालनको लागि पालिकास्तरिय खोप समन्वय समिति तथा सरोकारवाला सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।