कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
जिल्ला समन्वय सुर्खेतको संयोजन एवं गुर्भाकोट नगरपालिका सुर्खेतको आयोजनामा सुर्खेत जिल्ला अन्तरपालिका समन्वयात्मक बैंठक सम्पन्न भएको छ।
यस नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत श्री धर्मराज न्यौपाने ज्यूद्वारा Mobile Thermo Cogulator Machine स्वास्थ्य शाखालाई हस्तान्तरण यस machine ले पाठेघरको क्यान्सर निदान तथा उपचारमा सहयोग गर्ने छ ।
यस नगरपालिकामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान कार्यक्रममा नगर प्रमुख ज्यूद्वारा स्वास्थ्यकर्मीलाई एच.पि.भी. भ्याक्सिन हस्तान्तरण गरी सुरुवात भएको छ । यस अभियान अन्तर्गत ३००५ जना वालिकाहरुलाई ४६ वटा खोप केन्द्र फार्मत खोप लगाइनेछ
राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता, २०८१ का केही झलहकरु
२ दिने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण (GESI Audit) कार्यक्रमका केही झलकहरु
एच.पि.भी. खोप अभियान २०८१ पालकािस्तरीय अभिमुखिकरण कार्यक्रमका झलकहरु
१६औँ नगरसभाका केही झलकहरु
भेरी करिडोरबाट निर्माण सम्पन्न गुर्भाकोट ८ का गङ्गटे टोल, खटाङ्ग टोल र घारी मेहेलकुना टोलका लिफ्ट सिचाइहरु श्रीमान नगरप्रमुख ज्यू ,उपप्रमुख ज्यूद्वारा उद्घाटन तथा अनुगमन भएको छ।
यस नगरपालिकाको समन्वय र सहकार्य केएर नेपाल संगको साझेदारीमा आवाज संस्थाद्वारा संचालित वालिका शसक्तिकरण कार्यक्रम अन्तर्गत सामुदायिक सिकाई केन्द्रको सवलिकरण दिगोपनाको लागि स्थानीय सरकार र सामुदायिक सिकाई केन्द्र व्यवस्थापन समिती भूमिका सम्बन्धी वैठक
भूमि समस्या समाधान आयोगका सुर्खेत जिल्ला अध्यक्ष आदरणीय व्यक्तित्व केशर बहादुर वलीज्यूलाई गुर्भाकोट नगरपालिका कार्यालय परिवारको तर्फबाट बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ।।