कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
यस नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, सुर्खेत र आई.एन. एफ, सुर्खेतको साँझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको क्षमता अभिवृद्धि गर्ने, आयआर्जन गर्न सीप सिकाई जिवन जिउन सहजता दिलाउनको लागि १ महिने आवासिय डलकुशन तालिम सम्पन्न
नगर स्वास्थ्य शाखाको आयोजनामा नगरस्तरीय क्षयरोग समितिको वैठकमा समिति पुर्न गठन क्षयरोग नियन्त्रण तथा क्षयरोग मुक्त पालिका बनाउन एवं सोका लागि विभिन्न नीति/ योजना पालिकालाई TB free पालिका बनाउनुपर्ने लगाएतको निर्णय गरी वेठक सम्पन्न भएको छ ।
यस गुर्भाकोट नगरपालिका, सुर्खेतको अवलोकन भ्रमणमा पाल्नुभएका कालिका न.पा., चितवनका नगर प्रमुख श्री विनोद रेग्मी लगायतको टोलीलाई नगर प्रमुख श्री हस्त पुन ज्यूले स्वागत गर्नुभएको छ ।
यस नगरपालिकाको वडा नं ४ माझखर्क धोद्रेखोलामा बन्दै गरेको कलभ्ट को अनुगमन गर्नुहुँदै नगर उप प्रमुख श्री मैना विक ज्यू लगाएतको टोली
यस नगरपालिकाको वडा नं. २ मा निर्माणाधिन अवस्थामा रहेको सडक योजनाको उप प्रमुख श्री मनैा विक. ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री धर्म राज न्यौपाने ज्यू लगायतको टोलिले अनुगमन गर्नुभएको छ ।
यस नगरपालिकाको वडा नं.४ अन्तर्गत निर्माण हुँदै गरेका विभिन्न योजनाहरुको अनुगमन गर्नुहुँदै नगर प्रमुख हस्त पुन ज्यू
यस नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका मातहतका सम्पूर्ण कार्यालय सहयोगीहरुलाई "फोहोरमैला व्यवस्थापन, सरसफाई तथा स्वच्छता" सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
यस नगरपालिकाको चालु आ.व. २०८१।०८२ मा स्वास्थ्यमा समुदायमा आधारित स्वास्थ्यमा प्रर्वधनात्मक कार्यक्रम अन्तर्गत खोप किल्निक, गाउघर किल्निक तथा आमा समूह संचालन गर्ने स्वास्थ्यकर्मीहरुलाई सो सम्बन्धी क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ।
कारखाना समूहको आयोजनामा संचालन भएको टुलकिट उपयोग सम्बन्धी स्थानीय सरकारसंग भएको समन्वयात्मक वैठक सम्पन्न भएको छ ।
यस नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा रहेको भट्टेचौर सामुदायिक होमस्टे वडा नंम्बर १२ मा नगर प्रमुख श्री हस्त पुन ज्यूको र नि. प्रमुख प्रशासकीय अधिकृत श्री आइती चौधरी म्याम र अन्य जनप्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा अनुगमन सम्पन्न हुँदाका केही झलकहरु