कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
आर्थिक वर्ष २०८१/८२ स्वास्थ्यतर्फको पालिकास्तरीय वार्षिक समीक्षा सम्पन्न भएको छ ।
यस नगरपालिकामा विभिन्न नगरपालिका तथा गाउँपालिकाबाट सरुवा भई पदस्थापना हुनुभएका तथा नयाँ नियुक्ति भई कार्यभार ग्रहण गर्नुभएका निम्न कर्मचारीहरूको औपचारिक स्वागत गरिएको छ ।
गुर्भाकोट नगरपालिका–९, दाप्चामा महिला दिदीबहिनीहरू तथा ज्येष्ठ नागरिकहरूसँग नगर प्रमुखज्यूको आत्मीय भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८२/०५/१४ गते मेहेलकुना अस्पतालमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा २५५ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा तिनीहरूमध्ये २० जनामा VIA Positive देखिएको थियो।
बालबालिकालाई पौष्टिक दिउँसोको खाजा सहज उपलब्ध गराउन नगर प्रमुख हस्त पुन र उप प्रमुख मैना बिक ज्यूले सहकारीका संस्थाका प्रमुख/प्रतिनिधि ज्यूहरुलाई कम्बाइन मिल वितरण गर्नुभएको छ ।
एफ.सि.डि.ओ.को सहयोगमा आसमान नेपालले ब्रिटिस काउन्सिल र भिएसओ नेपालसँग साझेदारीमा भेरीगंगा, गुर्भाकोट र लेकबेशी नगरपालिकामा जेम्स परियोजना सञ्चालन गरी बालिका शिक्षामा समान पहुँच र समतामूलक सिकाइ प्रवर्द्धन गरेको छ । परियोजनाको समीक्षा तथा समापन कार्यक्रम
अपाङ्ग एकता समाजको आयोजना, एबिलिज फाउन्डेसनको सहयोग तथा गुर्भाकोट नगरपालिका समन्वयमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा करिब २० जना अपाङ्गता भएका व्यक्तिको सहभागिता रह्यो र परिवार नियोजन सामग्री वितरण भयो ।
यस गुर्भाकोट नगरपालिका अन्तर्गत DHIS पहुँच प्राप्त सबै सरकारी, गैर–सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूका आ.व. २०८१/०८२ का तथ्याङ्क सुधारका लागि, जनस्वास्थ्य कार्यालय सुर्खेतको प्राविधिक सहयोगमा DHIS फोकल पर्सनहरूलाई लक्षित दुई दिने कार्यशाला सम्पन्न भएको
गुर्भाकोट नगरपालिका–६, बडाखोलीस्थित वडा कार्यालय भवन निर्माणका लागि वडा नं. ६ निवासी श्री प्रतापसिं मगरले ३ रोपनी ४ आना जग्गा प्रमुख प्रशासकीय अधिकृतज्यूलाई पूर्जा सहित हस्तान्तरण गर्नुभएको छ ।
यस नगरपालिकाको वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम अन्तर्गत आज मिति २०८२।०४।२६ गते वडा नं. ८ खैरेनीस्थित पवित्र भेरी नदी किनारबाट कार्यक्रमको शुभारम्भ वडा नम्बर ८ का अध्यक्ष श्री किरण कुमार विकसहितको टोलीले गर्नुभएको छ ।