कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
गुर्भाकोट नगरपालिकाले विश्व क्षयरोग दिवस २०८२ भव्य रूपमा मनाएको छ। उक्त अवसरमा नगरपालिकाले पालिकाभित्र रहेका क्षयरोगी बिरामीहरूको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पोषण प्याकेज वितरण कार्यक्रम समेत सम्पन्न गरेको छ।
यस नगरपालिकाको समन्वयमा ली-बर्ड र Welthungerhilfe (WHH) को साझेदारीमा सञ्चालित प्रारम्भ परियोजनाअन्तर्गत नगरपालिकाको आपतकालीन कार्यसञ्चालन केन्द्र (EOC) लाई सुदृढिकरण गर्ने उद्देश्यले विभिन्न विपद् व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ।
यस नगरपालिकामा आ.व. २०८१/८२ को लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) सम्बन्धी अभिमुखीकरण र परीक्षण कार्यक्रम सम्पन्न भएको छ
यस नगरपालिकामा आ.व. २०८१/८२ को लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) सम्बन्धी अभिमुखीकरण र परीक्षण कार्यक्रम सुरु भएको छ ।
नगर प्रमुख ज्यूद्वारा मेहेलकुना अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गुर्भाकोट नगरपालिकाका नगर प्रमुख ज्यूद्वारा स्वास्थ्य सेवा सुदृढीकरणका लागि मेहेलकुना अस्पताललाई एक थान एम्बुलेन्स हस्तान्तरण गरिएको छ।
शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आधारभूत तह शिक्षा उत्तीर्ण परीक्षा संचालन तथा व्यवस्थापनका लागि EMIS सम्बन्धित अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आ.व. २०८२।०८३ सर्शत चालुको स्वीकृत कार्यक्रम अन्तर्गत आधारभूत तहमा अध्यापनरत विद्यालयका प्रधानाध्यपक, तथा (IEMIS Focal person) शिक्षकहरुबीच सिकाई आपुरण तथा द्रुत सिकाई योजना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको
यस नगरपालिकामा मिति २०७४ साल चैत्र महिनामा सरुवा भई आउनु भएका कार्यालय सहयोगी (का.स.) श्री खड्क बहादुर वलीज्यू अनिवार्य अवकाश भइ जानु भएको छ ।
नगर स्वास्थ्य शाखाको आयोजनामा यस नगरपालिकामा आर्थिक वर्ष ८२/८३ को एचपीभी खोप सञ्चालनको लागि पालिकास्तरिय खोप समन्वय समिति तथा सरोकारवाला सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
यस नगरपालिका शिक्षा शाखाको आयोजनामा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी दुई दिने कस्टमाइज तालिम सफलतापूर्वक सम्पन्न भएको छ।