कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
यस नगरपालिकाको वडा नम्बर ११ र १३ मा रहेको घुमखहरे स्वास्थ्य चौकी र गुमी स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य प्रमाणिकरण गरिएको प्रमाणपत्र नगर प्रमुख श्री हस्त पुन ज्यू द्वारा हस्तान्तर गरिएको छ । उक्त प्रमाणपत्र हस्तान्तरण गर्दाका केही झलकहरु
यस नगरपालिकाका १४ वटै वडा र पालिका अन्तर्गतका विद्यालयहरुमा बालविवाह रोकथाम तथा न्यूनिकरण सम्बन्धी सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम गर्दाका केही झलकहरु
यस नगरपालिका वडा न ५ थक्लेनीमा विगत लामो समय देखि खानेपानी बन्चित भएका समुदायमा नगरपालिका , हेल्भटास, स्याक नेपाल र उपभोक्ताको साझेदारीमा ११४ घरधुरीमा खानेपानी आयोजना सम्मन्न गरी नगर प्रमुख हस्त पुन ज्यूबाट उक्त आयोजनाको उद्घाटन भएकोछ ।
हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी आँखा स्वास्थ्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गुर्भाकोट नपा ८ खैरेनीमा रहेको सिटिहलमा सम्पन्न भएकोछ ।
किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घाेषण गर्नका लागि घुमखहरे स्वास्थ्य चाैकीका अध्यक्ष राजन वि.सी, नगर प्रमुख हस्त पुन र उप -प्रमुख मैना विक ज्यू लगाएतको टोली घुमखहरे स्वास्थ्य चौकीमा
यस नगरपालिकाको वडा नम्बर ११ काे निर्माणाधिन वडा कार्यालय भवनको अनुगमन गर्नुहुँदै नगरप्रमुख ज्यू।
People in Need (PIN) को आयोजना एवम् यस नपाको सहकार्यमा संचालित २ दिने मौसम पूर्वानुमानमा आधारित पूर्वकार्य क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल नगरपालिका संघका अध्यक्ष नीलकण्ठ नगरपालिकाका प्रमुख आदरणीय भीम ढुंगाना ज्यू लगायतको टोलीले यस नगरपालिकामा अवलोकन भ्रमण गर्दाका केही झलकहरु
यस नगरपालिकाको सार्वजनिक सुनुवाई चालु आ.व. २०८०।८१ चैत्र मसान्त सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
यस नगरपालिकाको सार्वजनिक सुनुवाई चालु आ.व. २०८०।८१ चैत्र मसान्त सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।